मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाली चिया निर्यातमा भारतले लगायो प्रतिबन्द, भोलिदेखि उद्योग बन्द

bishowkhabar.com · Sun Jun 14 06:28:50 GMT 2026

काठमाडौं– भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि इलामका चिया उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका अनुसार जटिल गुणस्तर परीक्षण र ढिलो रिपोर्टिङका कारण नेपालमा करिब १० लाख किलो तथा भारतमा २ लाख किलोभन्दा बढी तयारी चिया अलपत्र परेको छ ।

निर्यात ठप्प हुँदा किसानलाई हरियो पत्तीको भुक्तानी दिनसमेत कठिन भएको उद्योगीहरूको भनाइ छ ।

समस्याको समाधानका लागि उद्योगीहरूले सरकार र सरोकारवालासँग तत्काल पहल गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय