मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश २ को नाम जुराउन फेरि पहल

annapurnapost.com · Wed Dec 22 07:03:00 GMT 2021

जनकपुरधाम : प्रदेश २ को नाम र राजधानीका लागि फेरि कसरत सुरु भएको छ। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा सत्तारुढ दलहरूसँगको छलफललाई तीव्रता दिएको छ। जसपाका प्रमुख सचेतक शैलेन्द्रप्रसाद साहको नेतृत्वमा प्रदेश सभासदस्यहरूले माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यहरूसँग भेटेर राजधानी र नामाकरणको विषयमा छलफल गरेका हुन्। जसपाले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम रहनुपर्ने प्रस्ताव गरेको छ।

प्रस्तावमा माओवादी केन्द्र र नेकपा एसका प्रदेश सांसदहरू सकारात्मक रहेको जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले जानकारी दिए। केन्द्रका नेता एवं प्रदेश सांसद भरत साहले भने, ‘माओवादी केन्द्र पहिलेदेखि मधेश प्रदेशका लागि स्पष्ट धारणा बनाइसकेको छ र सोहीअनुसार प्रदेशसभामा प्रस्ताव लैजान सुझाव दिएका छौं।’ त्यस्तै, नेकपा एसका प्रदेश सांसद शत्रुधन महतोले पनि सोही प्रस्तावलाई समर्थन गरेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)