केपी ओलीमा ‘बिजुवा प्रथा’ प्रवृत्ति देखियो : सांसद् सुदन किराती
annapurnapost.com · Sat Sep 25 22:30:00 GMT 2021
काठमाडौं : प्रतिनिधि सभाका सांसद् सुदन किरातीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘बिजुवा प्रथा’ भएको बताएका छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
सांसद् किरातीले मुन्दुम संस्कृतिमा भएको बिजुवाले अर्को पुस्तालाई आफ्नो पूरा ज्ञान नदिने र आफूजस्तै अरू बिजुवा आए ‘बाटो छेक्ने’ प्रथा रहेको भन्दै यस्तो प्रवृत्ति केपी ओलीमा देखिएको बताएका हुन्। यस्तो प्रवृत्तिले उत्तराधिकारी नजन्मिने र आफैँ सिद्धिएर जाने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)