ईदले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्छ : प्रचण्ड
annapurnapost.com · Sat Apr 22 01:09:57 GMT 2023
प्रचण्डले ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ईदले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्ने बताएका छन्। इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को उपलक्ष्यमा इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य, दीघार्यु, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना शुभकामना सन्देशमार्फत प्रचण्डले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)