साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
baahrakhari.com · Thu May 21 11:02:35 GMT 2026
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरेको छ ।
मे महिनाको २५ तारिखदेखि भारतको गोवामा साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । सोही च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्रालयले बिदाइ गरेको हो । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र महेता र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङले नेपाली टोलीको बिदाइ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)