मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक : विभिन्न पदमा नियुक्ति तथा जिम्मेवारी हेरफेर

abhiyandaily.com

काठमाडौं (अस) सरकारले सार्वजनिक खरीद पुनरवलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री वसन्त नेम्वाङले मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय बुधवार सार्वजनिक गर्दै जेठ ३१ गतेको बैठकले ओझालाई नियुक्त गरिएको जानकारी दिए ।

यसैगरी नेपाल इञ्जिनियरिङ परिषद्को रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त भएका छन् । शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्कीलाई नियुक्त गरिएको छ भने योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामा नियुक्त भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)