मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डेरी सञ्चालनबाट समुदायको धारणा बदल्न सफल ललित

ratopati.com · Fri Jun 06 21:35:00 GMT 2025

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध बेच्न सुरु गर्दा धेरैले उनको निर्णयलाई हल्कासँग लिएका थिए । दूध बेचेर पनि कमाइ हुन्छ र ? भनेर अनेक तर्क वितर्क गरिन्थ्यो । तर समयले प्रमाणित गरिदियो, साँचो लगनशीलता र मेहनतले कहिल्यै धोका दिँदैन ।

“सुरुमा साथीभाइले हाँसो गरे, परिवारले पनि चिन्ता व्यक्त गरे”, ललित भन्छन्, “म व्यावसायिक कार्य गर्न दृढ थिएँ, मेहनत गर्छु, केही न केही गर्छु भन्ने अठोट लिएर अगाडि बढेँ, यही अठोटले आज दुग्ध व्यवसायीका रूपमा चिनायो ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)