मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

barnanmedia.com · Fri Jun 06 21:54:52 GMT 2025

रौतहटमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जिल्लाका तीनवटै सुरक्षा निकायले शुक्रबार संयुक्त रुपमा गौर नगरपालिका–४ स्थित बरहवा तालमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले तराई–मधेशमा मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक सतर्कता अपनाउनका लागि विपद् प्रतिकार्य अभ्यास गरिएको बताउनुभयो । “विपद्को उच्च जोखिमयुक्त जिल्ला भएकाले विपद् प्रतिकार्य अभ्यास गरिएको हो”, उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)