मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रस्ताव नवीरकण नहुँदा ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता रोकियो

baahrakhari.com · Thu Feb 23 00:40:00 GMT 2023

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले पाउँदै आएको प्रोत्साहन भत्ता रोकेको छ । चालु आर्थिक वर्षको साउनदेखि सरकारले उक्त भत्ता उपलब्ध गराएको छैन ।

०७६ वैशाखमा बसेको मन्त्रिपरिषदको बैठकले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका,०७५ लाई स्वीकृत गरेको थियो । सोही निर्देशिकाका आधारमा उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको भत्ता १० प्रतिशतदेखि ४० प्रतिशतसम्म वृद्धि भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)