ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
barnanmedia.com · Fri Jun 06 22:07:18 GMT 2025

बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ ।
अर्यालले चार रोपनी जग्गामा ३०० पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दैआउनुभएको छ । उहाँको बगैँचामा रहेका हरेक पोलमा गरी एक हजार २०० ड्रागन फ्रुटका बोट रहेका छन् । तिनै बोटबाट अर्यालले गत वर्ष २० क्वीन्टल ड्रागन फ्रुट उत्पादन भएको अर्यालले बताउनुभयो । यसपटक ३० क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । यसलाई विस्तार गर्नका लागि उहाँले गत वर्षदेखि ड्रागन फ्रुटका बिरुवासमेत उत्पादन गर्न थाल्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)