अख्तियारका कारबाहीलाई राजनीतिक रङ दिने प्रयास निन्दनीय, भ्रष्टाचारलाई भ्रष्टाचार नै भनौँ
barnanmedia.com · Fri Jun 06 23:01:04 GMT 2025

भ्रष्टाचारविरुद्धको कारबाहीका सन्दर्भमा नेपाली समाजको एउटा अनौठो चरित्र छ । यो समाजले भन्छ– राजनीति र व्यवस्था सबै भ्रष्टहरुले कब्जा गरे । यसविरुद्ध निर्मम ढंगले प्रस्तुत हुनुपर्छ । उस्तै परे जंगबहादुर शैलीको तानाशाह आए पनि हुन्छ । सैनिक शासन लगाए पनि हुन्छ ।
तर जब एउटा संवैधानिक निकायले आफ्नो वैधानिक दायराबाट सम्पूर्ण प्रक्रिया पूरा गरी कुनै पनि प्रभावशाली व्यक्तिविरुद्ध कारबाही सुरु गर्छ, अनि यही समाजले भन्न थाल्छ– ओहो, यसभित्र पक्कै कुनै षड्यन्त्र छ । कसैको दबाब र उक्साहटमा अख्तियारले यो काम गरेको हुनुपर्छ । फलाना आयुक्तलाई त फलानाले नियुक्त गरेको हो । आदि इत्यादि ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)