मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतार र कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउन रोक

rajdhanidaily.com · Fri Jun 06 23:14:06 GMT 2025

काठमाडौं । खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले गर्मी महिनाका लागि अघिल्लो वर्षझैं काम गर्ने समय तोकेको छ । खुला कार्यक्षेत्रमा कार्यरत कामदारका लागि १ जुनदेखि आगामी १५ सेप्टेम्बरसम्मका लागि काम गर्ने समयसीमा तोकिएको हो । यो खुला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारका लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।

यस्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखि अपराह्न ३ः३० बजेसम्मका लागि काम बन्द गर्नुपर्नेछ । साथै, कार्य समयतालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएका बेला सजिलै देखिनेगरी टाँसिएको हुनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)