अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा ३ जना पक्राउ
ratopati.com
महोत्तरी । अक्सिजन सिलिन्डर तस्कर गरी लैजाँदै गरेको आरोपमा महोत्तरीको सिमावर्ती क्षेत्रबाट ३ जना पक्राउ परेका छन् । धनुषा हुँदै महोत्तरीबाट भारततर्फ अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ का ३६ वर्षीय जमरुदिन राईन, जनकपुरधाम २ का ५० बर्षीय दिनेशकुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका ६ का विपिन चौधरी लाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार प्र २–०२–००१ च ०३ १७ नम्बरको गाडीमा २ थान ७÷७ किलो अक्सिजन भरिएका सिलिण्डर भारततर्फ लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ स्थित थरुवाहीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)