विश्वव्यापीकरण र स्वदेशी उत्पादनमा प्रभाव
rajdhanidaily.com · Sat Oct 15 17:08:35 GMT 2022
विश्वव्यापीकरण उदारीकरणसँग जोडिएका महत्वपूर्ण पाटो हो, जसले संसारलाई एउटा सानो गाउँको रूपमा रूपान्तरण गरेको र संसारको जुनसुकै ठाउँमा जुनसुकै देशले उत्पादन तथा व्यापार व्यवसाय गर्नसक्ने वातावरणको विकास भएसँगै विकसित देशहरूले विकासोन्मुख, अविकसित र विकासशील देशहरूमाथि धावा बोलिरहेका छन् । बजार अर्थव्यवस्था प्राथमिकता दिई निजी क्षेत्रको भूमिका बढाउने यसको मनसाय हो । हरेक देशका सरकारले सरकारी भूमिका कम गरेमा बजारले स्वतन्त्र रूपमा भूमिका पाउँछ र हरेक देशको बजार एकआपसमा एकीकरण हुन्छन् र विश्वभर एउटै अर्थतन्त्र हुन आउँछ भन्ने यसको मूल मान्यता हो, जसले अर्थ व्यवस्थालाई एक अर्कासँग आबद्ध बनाउने, आयात खुकुलो बनाउने, भन्सार दर घटाउने, विदेशी लगानीलाई खोल्ने, मौद्रिक र वित्तीय सुधारहरू गर्ने, राज्यको दायित्वलाई सीमित पार्ने आदि कामको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई उदार बनाउने यसको चाहना हुन्छ ।
विश्वव्यापीकरणको कारण पहिलो, राष्ट्रिय सीमाहरूको सान्दर्भिकता कम हुँदै जानु र सरकारहरू कमजोर हुँदै जानु, दोस्रो, अन्तर्राष्ट्रिय संस्थाहरूको बोलवाला बढ्नु, तेस्रो, आर्थिक साधन र स्रोतहरूको केन्द्रीकरण हुनु र चौथो, बहुराष्ट्रिय निगमहरूको दबदबा बढ्नु, पाँचौं, आर्थिक र व्यापारिक गतिविधिमा अत्यन्त तीव्रतापूर्वक वृद्धि हुनु आदि रहेका छन् । अन्तर्राष्ट्रिय संस्थाहरूको बोलाबोल बढ्दै जानु, आर्थिक साधन र स्रोतहरू केन्द्रीकरण हुँदै जानु, बहुराष्ट्रिय निगमहरूको दबदबा बढ्दै जानु, आर्थिक र व्यापारिक गतिविधिमा अत्यन्त तीव्रतापूवर्क वृद्धि हँुदै जानुजस्ता कुरा मात्र नभई वस्तुहरूको अन्तर्राष्ट्रिय व्यापार विश्वव्यापीकरणको प्रमुख आधार भए पनि नेपालमा निर्यात कमजोर हुनु र आयात बढ्दै गएको छ । वस्तु, सेवा र पुँजीसरह जनशक्तिको प्रवाह पनि विश्वव्यापीकरणको अर्को महत्वपूर्ण आधार र माध्यम हो । वस्तु, सेवा र पुँजीसरह जनशक्तिको प्रवाह त्यसरी बढेको छैन । बाहिरबाट आउने जनशक्ति तुलनात्मक रूपमा सस्तो पनि हुने र उनीहरू संगठित पनि नहुने भएकाले पनि विकसित मुलुकहरूले बाहिरबाट श्रमशक्ति ल्याउने प्रवृत्ति बढेर गएको हो । यसले पनि विश्वव्यापीकरणलाई नै बल पु¥याइरहेको छ । विश्वव्यापीकरणको फलस्वरूप कम विकसित मुलुकका बेरोजगार र रोजगार नै भए पनि सीमित ज्यालामा काम गर्न बाध्य नागरिकले विकसित मुलुकहरूको उच्च ज्यालाको रोजगारी पाई आप्mनो गरिबी निवारण गर्न पाइरहेका छन् पनि भन्न सकिन्छ । पुँजीको स्थिति पनि त्यस्तै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)