मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा गुजरातको सुखद सुरुवात

ratopati.com

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले विजयी सुरुवात गरेको छ । सोमबार भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा गुजरातले लखनउमाथि ५ विकेटको जित निकालेको हो ।

लखनउले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १६१ रन बनायो । ​गुजरातका लागि राहुल तेवातीयाले सर्वाधिक ४० रन बनाए । त्यस्तै कप्तान हार्दिक पाण्ड्याले ३३ रनको योगदान गर्दा म्याथु वेड र डेभिड मिलरले ३०–३० रन जोडे । ​बलिङतर्फ लखनउका लागि दुश्मान्थ चमेराले दुई विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)