मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनजीओ, आईएनजीओका विसंगति

annapurnapost.com · Fri Feb 23 00:38:20 GMT 2024

गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले विदेशबाट पछिल्लो पाँच वर्षमा १० खर्ब रुपैयाँ भिœयाएका छन् । यो त औपचारिक रूपबाट भित्रिएको रकम मात्रै हो । अनौपचारिक तवरले आउने बजेटको हिसाबकिताब छैन । यति धेरै पैसाको सदुपयोग हुन्थ्यो भने नेपालको विकास उँभो लाग्थ्यो नै । वर्षमै औसतमा दुई खर्बभन्दा बढी बजेट आउँदा पनि त्यसको खास परिणाम भने देखिन्न । त्यो पैसाको पारदर्शितामै पहिलो प्रश्न छ । र दोस्रोमा आवश्यक ठाउँमा खर्च नगर्नु । परिणाम दिनेभन्दा पनि प्रक्रिया पूरा गर्ने र प्रशासनिक खर्चमै धेरै ओइरो लगाउनुले पनि यस्ता रकमबाट ठोस उन्नति नहुनु हो । उन्नति चाहिँ मुट्ठीभर व्यक्तिले गरेका छन् ।

एनजीओ, आईएनजीओलाई पैसा आउने भनेको ती संस्थाका कारणले होइन । नेपाल विकास नभइसकेको राष्ट्र भएकाले विकसित राष्ट्रले गर्नुपर्ने खर्चको रकम आउने हो । त्यो पैसा नेपाल राज्यका लागि आएको हो । कुनै व्यक्तिको पहुँच वा कसैको निगाहा होइन । तसर्थ एनजीओ, आईएनजीओमा आउने रकममा राज्यको चासो, नियमन र अनुगमन मात्रै होइन हस्तक्षेपकै पनि जरुरी छ । शिक्षा र स्वास्थ्यका नाममा सबैभन्दा धेरै भित्रिन्छ । तर सबैभन्दा ‘बत्तर’ हालत कुनै क्षेत्रको छ भने त्यो पनि शिक्षा र स्वास्थ्य नै हो । बरु एनजीओ, आईएनजीओले शिक्षा र स्वास्थ्यलाई मागी खाने भाँडो बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)