देखापढी विजिनेश न्यूज
dekhapadhi.com · Tue Nov 08 12:31:00 GMT 2022
काठमाडौं।फिफा विश्वकपको प्रसारण गर्दा दर्शकसँग अतिरिक्त शुल्क नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। बीमा कम्पनीहरूको नियामक निकाय बीमा समिति मंगलबारदेखि प्राधिकरणमा रुपान्तरण भयो। समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाका ऋणीहरु १५दिनभित्र ऋण चुक्ता नगरे कालोसूचीमा पर्ने भएका छन्। मंसिर ४ गतेसम्म साधारणसभा नगर्न सहकारी संस्थाहरुलाई वागमती प्रदेश सरकारले निर्देशन दियो। चर्को ब्याजदरविरुद्ध प्रदेश १ का व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)