यात्रीले फालेको फोहोरका कारण विपी राजमार्ग दुर्गन्धित
ratopati.com · Mon Jun 05 22:53:00 GMT 2023
बनेपा राजमार्गमा यात्रारत यात्रुहरू तथा सडक छेउमा सञ्चालनमा रहको होटल पसलहरूले जथाभावी फोहोर फाल्ने गरेका कारण विपी राजमार्गमा दैनिकजसो दुर्गन्ध बढ्दै गएको छ । सार्वजनिक सवारीसधान तथा निजी सवारीसधान प्रयोग गरी यहाँका राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले प्रयोग गर्ने पानी र जुस प्याक गर्न बनेको प्लास्टिकका बोतल, प्लास्टिक झोला र अन्य प्लास्टिकजन्य वस्तुहरू जथाभावी फाल्ने गरेका कारण सडक नाली र सडक छेउछाउमा निकै फोहर बढेको हो ।
त्यसरी सडक आसपासका क्षेत्रमा फोहर बढ्न थालेपछि सो राजमार्गले छोएका नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सडक क्षेत्रमा सरसफाइ अभियान थालेको छ । नगरपालिकाको दोस्रो कार्यकालको नयाँ नेतृत्व आएपछि राजमार्ग क्षेत्रलाई सरसफाइ गर्ने, सवारी चालकहरूलाई जथाभावी फोहर नफाल्न सचेत गराउने र होटल तथा पसल सञ्चालकहरूलाई समेत फोहर व्यवस्थित गर्न जनचेनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)