हायसले मोटरसाइकललाई ठक्कर दियो, बुवाआमा बचे, छोराको मृत्यु
thahakhabar.com
दाङ : दाङमा हायस (माइक्रो बस) ले मोटरसाइकललाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुवाआमा घाइते भएका छन्।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी ८ वर्षीय बालक स्पर्श आचार्य रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। मृतक बालकका बुवा ३९ बर्षीय सुदिप आचार्य र आमा २८ बर्षकी पार्वता आचार्य घाइते भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)