एकदिनमै सन्यास फिर्ता
emountaintv.com · Sat Jul 08 16:16:22 GMT 2023
काठमाडौं । बंगलादेशका पूर्व कप्तान तमिम इकबालले एकदिनमै सन्यासको घोषणा फिर्ता लिएका छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटेपछि इकवालले तत्कालको लागि लागु हुने गरि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भन्दे गरेको घोषणा फिर्ता लिएका हुन् । आफ्नी पत्नीतथा बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसन र पूर्व तीव्र गतिका बलर मशफे मुर्तजासँग प्रधानमन्त्री शेख हसिनालाई भेटेका इकबालको सन्यास टरेको हो । निकै भावुक रुपमा अप्रत्याशित सन्यासपछि तमिमलाई प्रधानमन्त्री हसिनाकै े बोलाउनु भएको हो । । प्रधानमन्त्रीसँग लामो छलफलपछि उनले क्रिकेटमा फर्किने निर्णय लिएका हुन् । इकवालले प्रधानमन्त्री हसिनालाई डेढ महिना विश्राम र आफनो चोटको उपचार गरेर क्रिकेटमा फर्किने बताएका छन् । प्रधानमन्त्रीले नै सन्न्यास फिर्ता लिन भनेपछि अस्वीकार गर्न नसकेको तमिमको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)