आविष्कार केन्द्रका वैज्ञानिकले गर्दैछन् बाख्रापालन
ekantipur.com · Wed Nov 20 17:13:05 GMT 2024
पर्सा — वैज्ञानिकहरूले बाख्रापालन गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । वीरगन्जको कृषि औजार कारखानालाई नयाँ जीवन दिन अहोरात्र खटिरहेका आविष्कार केन्द्रका इन्जिनियर र प्राविधिकहरुले कारखाना परिसरमा बाख्रापालन गरिरहेका हुन् ।
बरू उनीहरू कृषि औजार कारखाना चलाउन असफल भएर बाख्रापालनमा लागेका भने होइनन् । तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सन्चालन गरी रहेको राष्ट्रिय आविष्कार केन्द्रले कारखाना परिसरमा अहिले ४२ वटा बाख्रा पालेको छ । केन्द्र वीरगन्ज कार्यालय प्रमुख एवम् इन्जिनियर रितेश देवका अनुसार, १ वर्षअघि देखि कारखाना परिसरमा यसरी बाख्रा पाल्न थलिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)