गण्डकी प्रदेशसभाका विषयगत समितिले पाए सभापति
baahrakhari.com · Sat Oct 07 16:30:25 GMT 2023
पोखरा । गएको साउन ३० गते गठित गण्डकी प्रदेशसभाका विषयगत समितिले सभापतिको टुंगो लगाएका छन् । शनिबार चारवटै समितिको नेतृत्वमा एकल उमेदवारी परेपछि सभापति निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रदेशसभा सदस्य सुधीरकुमार पौडेल, अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्याल, सामाजिक विकास तथा कृषि समितिको सभापतिमा फणिन्द्र देवकोटा र प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा चम्पादेवी खड्काको उमेदवारी परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)