बीपी राजमार्गमा मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
baahrakhari.com · Sun Jun 14 07:03:00 GMT 2026

काठमाडौं । क्षतिग्रस्त बीपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षामा खोलाको डाइभर्सनले दुःख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधिन सडकबाटै सवारीसाधन सुचारु गर्न लागेको हो ।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार, वर्षाअघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको छ । त्यसका लागि वर्षाअघि आवश्यक संरचना निर्माण गर्ने आफूहरूको लक्ष्य रहेको उनले बताए । "खोलाबाट डाइभर्सन दिएर होइन, स्थायी संरचनामार्फत माथिबाटै यातायात सञ्चालन गर्ने थियो," उनले लक्ष्यबारे प्रस्ट्याउँदै भने, "ठेकेदारहरू पनि सोहीअनुसार परिचालित हुनुभएको छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)