मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ललितपुरमा टेबलटेनिस विकासलाई सम्झौता

ekantipur.com · Wed Feb 21 00:57:21 GMT 2024

काठमाडौँ — ललितपुर जिल्ला खेलकुद विकास समिति, ललितपुर जिल्ला टेबलटेनिस संघ र दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलबीच ललितपुरको टेबलटेनिस विकासमा सहयोग पुर्‍याउन मंगलबार त्रिपक्षीय सम्झौता भएको छ ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वाङ सुक र छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर मन्जली शाक्यलगायत उपस्थित थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)