शान्ति मिसनमा बढ्दै नेपाली महिला सैनिक
ekantipur.com · Thu Jun 06 00:19:29 UTC 2024

काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गत विश्व शान्तिका लागि द्वन्द्वग्रस्त मुलुकमा जाने नेपाली महिला सैनिकको संख्या बढ्न थालेको छ । पछिल्ला नौ वर्षका आँकडालाई हेर्दा शान्ति सैनिकमा जाने नेपाली महिलाको संख्या बढ्दो देखिएको हो । विश्वका विभिन्न मुलुकमा चलेको द्वन्द्वका क्रममा महिलाहरू बढी पीडित भइरहेको जनाउँदै यूएनले महिला शान्ति सैनिकलाई त्यहाँ पठाउन प्राथमिकता दिन थालेपछि नेपालबाट पनि शान्ति मिसनमा जाने महिला बढेका हुन् ।
लेबनानको इजरायलसँग सीमा जोडिएको संवेदनशील ‘ब्लु लाइन’ क्षेत्रको दक्षिण–पूर्वी भूभागमा होस् या सिरिया र इजरायलबीचको संवेदनशील क्षेत्र गोलन हाइट अथवा दक्षिणी सुडानलगायत अन्य विभिन्न मुलुकमा महिला सैनिकले अन्य शान्ति सैनिकले सरह विश्व शान्तिका लागि काम गरेका छन् । नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार २०७३ सालमा १ सय ६ जना महिला सैनिक शान्ति मिसनमा खटिएका थिए भने त्यसको नौ वर्षपछि अहिले आएर २०८१ सालमा ६ सय ६१ महिला सैनिक शान्ति स्थापनार्थ विभिन्न मुलुकमा गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)