अघि बढ्यो लमजुङ दरबारको पुनर्निर्माण
ratopati.com · Thu May 21 11:43:01 GMT 2026

लमजुङ। निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ। लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँ सहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबारको पुनर्निर्माण एक हप्ताअघिदेखि पुनः अघि बढेको हो।
विसं २०८१ माघदेखि निर्माण ठप्प रहँदै आएकामा यतिबेला कामले पुनः गति लिन थालेको हो। पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीले बजेट अभाव, बोलपत्र आह्वानलगायत कारणले दरबारको काम ठप्प रहँदै आए पनि गत वैशाख २० गतेदेखि पुनर्निर्माण अघि बढेको बताए। चालु आर्थिक वर्षमा विनियोजित बजेटको काम निर्धारित समयमा सम्पन्न गर्न ठेक्का लागेको रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत जरिवाना दैनिक तिरेर काम गर्न सकिने उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)