नबिल इक्वीटी फण्डको सूचीकरण खारेज
aarthiknews.com · Wed Nov 01 15:58:00 GMT 2023
काठमाडौं । नबिल इक्वीटी फण्डको स्कीम सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले फण्डको स्कीम कात्तिक १६ गतेदेखि खारेज गरेको हो । योजना खारेज सम्बन्धमा फण्डले कात्तिक १६ गते सूचना प्रकासित गर्न लागेकाले उक्त स्कीमको सूचीकरण खारेज गरेको जानकारी नेप्सेले दिएको छ ।
नबिल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड सात वर्षे अवधिको बन्दमुखी योजना रहेको छ । यो योजना सञ्चालनका लागि योजना व्यवस्थापकले २०७३ साल भदौ १४ गते अनुमति प्राप्त गरेको थियो । २०७३ साल कात्तिक १९ गतेदेखि सञ्चालनमा रहेको यो योजना परिपक्क पश्चात खारेजी प्रक्रियामा जानेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)