मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोली चल्यो ललितपुरमा, यस्तो छ घटना

bishowkhabar.com · Sun Jun 14 07:11:55 GMT 2026

काठमाडौं– ललितपुरमा प्रहरीले कारको टायरमा गोली प्रहार गरी २० हजार क्याप्सुल ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश बीएडी ९२०१ नम्बरको कारलाई पछ्याएको थियो ।

रोक्न खोज्दा चालक फरार हुन खोजेपछि प्रहरीले कारको दायाँ टायरमा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा बाराका ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतीय नागरिक ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम रहेका छन् ।

उनीहरूबाट २० हजार क्याप्सुल ट्रामाडोल र पाँच थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय