ताइपेइलाई हराएपछि प्रशिक्षक अलमुताइरीको प्रतिकृया: यो अन्त्य होइन
pahilopost.com · Thu Jun 03 18:34:23 GMT 2021
काठमाडौं: नेपाली फुटबल टोलीले विश्वकप क्वालिफायर्सको खेलमा चाइनिज ताइपेइमाथि जित निकालेसँगै प्रशिक्षक अब्दुल्लाह अमुताइरीले यो अन्त्य नभएर सुरुवात भएको प्रतिकृया दिएका छन्। चाइनिज ताइपेइमाथि २-० को जित निकालेसँगै अलमुताइरीले यो खेलका लागि धेरै तयारी गरेको भन्दै ताइपेइमाथि जित निकाल्न सहज नभएको प्रतिकृया दिए।
‘ताइपेइविरुद्धको तयारीलाई लिएर ११ वटा क्लास लिएका थियौं। अपोनेन्टलाई अध्ययन गर्न आवश्यक छ,’ अलमुताइरीले भने, ‘यो अन्त्य होइन। अझै एसियन क्वालिफायर्स र साफ च्याम्पियनसिप बाँकी छ। वान टिम जय नेपाल।’
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)