रूसको नयाँ आणविक नीतिबारे के भन्छन्, विज्ञहरु ?
ratopati.com · Wed Nov 20 19:26:00 GMT 2024

एजेन्सी । रूसको नयाँ आणविक नीतिले युक्रेनसहित मित्रराष्ट्रहरूमा युद्ध रोकिने अनुमानलाई अनिश्चिततातर्फ धकेल्ने प्रतिबिम्बित गरेको विज्ञहरूले बताएका छन् । युक्रेनले पहिलो पटक आफ्नो भूमिमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि मस्कोले जवाफ दिने चेतावनी दिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको एक हजार दिन पुगेको अवसरमा आणविक हतियारको चेतावनी दिएका छन् ।
विदेशमन्त्री सर्गेई लाभरोभले आक्रमणले पश्चिमा देशहरूले द्वन्द्वलाई ‘बढाउन’ चाहेको देखाएको बताएका छन् । राष्ट्रपति पुटिनले आणविक हतियार प्रयोगको सीमा घटाउने आदेशमा मङ्गलबार हस्ताक्षर गरेका थिए भने ह्वाइट हाउस, बेलायत र युरोपेली युनियनले यसलाई ‘गैरजिम्मेवार’ भन्दै निन्दा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)