मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिला उमेदवारलाई चुनावी खर्च जुटाउनै गाह्रो !

baahrakhari.com · Sun May 08 00:56:00 GMT 2022

जनकपुरधाम । विभा ठाकुर र अनिता साह आसन्न स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदको उमेदवार बनेका छन् । महिला नेतृत्वको आवश्यकता औँल्याउँदै जनकपुरमा पहिलोपटक प्रमुख पदमा यी दुईसहित चार महिलाले उमेदवारी दिएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट ठाकुर र जनमत पार्टीबाट साह मेयर पदमा चुनाव लड्ने जिम्मेवारी पाएपछि अहिले प्रचार–प्रसारमा व्यस्त छन् । तर, एक दर्जनभन्दा बढी पुरुष उमेदवारसँग लड्ने आँट गरेका दुवै जनालाई निर्वाचन खर्चले भने निकै पिरोलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)