राष्ट्रिय वाणिज्य बैंकद्वारा सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना कार्यान्वयन सुरु
corporatenepal.com · Thu May 21 11:41:50 GMT 2026

काठमाडौं । साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच भएको सम्झौता बमोजीम "सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२" कार्यान्वयन सुरु भएको छ ।
स्विजरल्याण्ड सरकारको Swiss Agency for Development and Cooperation र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजना अन्तर्गत कोशी प्रदेश साना तथा मझौला उद्यम व्यवसायहरुमा प्रवाहित हुने कर्जाको सुरक्षणका लागि प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच स्थापना भएको "कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष" बाट कर्जा सुरक्षण हुने गरी योजना सञ्चालन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)