भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
ratopati.com · Sun Jun 14 07:17:56 GMT 2026

काठमाडौँ । भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरीको मर्मत कार्यलाई तीव्रता दिएको छ। नगरपालिकाले ठेक्का प्रणालीलाई निरुत्साहित गर्दै उपभोक्ता समितिमार्फत स्थानीयको प्रत्यक्ष सहभागितामा मर्मत कार्य सञ्चालन गरिरहेको जनाएको छ।
भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरीको संरक्षण तथा पुनःनिर्माणका लागि कृष्णबहादुर दुगुजुको अध्यक्षतामा ‘सिद्धपोखरी पेटी पुनः निर्माण उपभोक्ता समिति’ गठन गरिएको छ। समितिले पोखरीको पानी नजिकै रहेका भाजु पुखु र नःपुखुमा पाइपमार्फत स्थानान्तरण गरी २०८२ चैत २० गतेदेखि मर्मत कार्य सुरु गरेको हो। आगामी भदौको दोस्रो सातासम्ममा मर्मत कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)