मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बाइडेनले दिए ट्रम्पलाई उपनाम

baahrakhari.com · Thu May 12 22:15:00 GMT 2022

सिकागो । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘ग्रेट म्यागा (मेक अमेरिका ग्रेट अगेन) किंग’ उपनाम दिएका छन् । साथै बाइडेनले मद्यावधि चुनावको सम्मुखमा रिपब्लिकनविरुद्धको कडा आलोचना जारी राखेका छन् । यस चुनावमा डेमोक्रेटलाई धक्का पर्नसक्ने अनुमान गरिएको छ ।

सिकागोको एउटा होटेलमा बुधवार साँझ डेमोक्रेटिक चन्दा संकलकको भिडलाई सम्बोधन गर्दै बाइडेनले भने, “हामी अघि बढ्ने क्रममा तपाईंहरूले मबाट हामीले के गरेका छौँ भन्ने मात्र नभई तिनीहरूले के गर्दैछन् भन्ने सुन्नु पनि महत्वपूर्ण हुने मेरो विचार छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)