फोहोर नउठ्दा काठमाडौंमा झनै दुर्गन्ध
abhiyandaily.com
काठमाडौं । फोहोर नउठ्दा लामो समयदेखि काठमाडौंका सडक झनै दुर्गन्धित बनेका छन् । काठमाडौंका सडक, चोक र नदी किनारमा फोहोर थुप्रिँदा काठमाडौं उपत्यकामा झनै दुर्गन्ध फैलिएको हो । विगत चार महीनादेखि फोहोरको नियमित व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा विभिन्न सडकका छेउमा फोहोरको थुप्रो नै लागेको देखिन्छ । फोहोरका कारण मुलुकको संघीय राजधानी झनै दुर्गन्धित बनेको छ । मानिस दैनिक फोहोरको थुप्रो पार गरेर आवतजावत गर्न बाध्य छन् ।
जम्मा भएको फोहोरमध्ये धेरैजसो काठमाडौं उपत्यकाका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलालगायत नदी किनारका सडक एवं सार्वजनिक स्थानमा थुपारिएको छ । यसरी थुपारिएको फोहोर सिधै नदीमा मिसिने गरेको वातावरण क्षेत्रमा अनुसन्धान गरिरहेका गोदावरीका अशोक महर्जन बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)