मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धार्के बजारमा कालोपत्रे सुरु, स्थानीयलाई राहतको आशा

annapurnapost.com · Sun Jun 14 07:10:46 GMT 2026

धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा सडक कालोपत्रेको काम सुरु भएको छ । लामो समयदेखि सुस्त गतिमा अघि बढिरहेको सडक विस्तार तथा स्तरोन्नति आयोजनाले पछिल्लो समय गति लिएसँगै स्थानीयवासी, व्यवसायी र यात्रुमा राहतको आशा जागेको छ ।

काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गको महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा रहेको धार्के बजारमा सडक निर्माणको काम लम्बिँदा स्थानीयले धुलो, हिलो र जामको समस्या झेल्दै आएका थिए । विशेष गरी सुक्खा याममा अत्यधिक धुलो र वर्षायाममा हिलोका कारण जनजीवन प्रभावित हुने गरेको थियो। स्थानीय व्यवसायी हरि तिमिल्सिनाले सडक निर्माणमा भएको ढिलाइले व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको बताए । उनका अनुसार धुलोका कारण पसलमा राखिएका सामान बिग्रने, ग्राहक आउन असहज मान्ने र बजारको वातावरण प्रभावित हुने अवस्था थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय