रास्वपा ‘बहुलवादी लोकतान्त्रिक’ पार्टी : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन अपनाउने, उदार अर्थतन्त्र अँगाल्ने
nayapatrikadaily.com · Thu Nov 30 00:43:00 GMT 2023
राजनीतिक–वैचारिक अस्पष्टताको आरोप खेपिरहेको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक कित्ता स्पष्ट पारेको छ । पार्टी स्थापना भएको १५ महिनापछि उसले आफूलाई ‘बहुलवादी लोकतान्त्रिक’ पार्टी बताएको हो । आसन्न निर्वाचनको तयारीस्वरूप मिसन–०८४ सुरु गरिसकेको रास्वपाले यसको मार्चचित्र पनि तयार गरेको छ ।
बुधबार महोत्तरीमा सम्पन्न तीनदिने केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने र उदार अर्थतन्त्रको नीति लिने राजनीतिक प्रस्ताव पारित गरेको छ । पूर्ण राजनीतिक दस्ताबेज केही समयमा सार्वजनिक गर्ने बैठकको निर्णय छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति उसको प्रतिबद्धता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)