लिभरपुलविरुद्ध रियल मड्रिडको जित
nepallive.com · Wed Apr 07 00:35:00 GMT 2021
काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा जित निकालेको छ। मंगलबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम रियलले पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल यात्रालाई सहज बनाएको छ। खेलको पहिलो हाफमा दुई गोल गरेको रियलले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खाएको थियो। रियलका भिनिसियस जुनियरले दुई गोल गर्दा मार्को एसेन्सियोले एक गोल थपे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)