पाकिस्तानलाई हराएपछि कोहलीले भने– व्यक्त गर्ने शब्द छैन, करियरकै उत्कृष्ट इनिङ्स खेलेँ
baahrakhari.com · Sun Oct 23 16:23:00 GMT 2022
काठमाडौं । पूर्वकप्तान विराट कोहलीले अर्को एक अविस्मरणीय इनिङ्स खेलेपछि भारतले आइतबार आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–१२ मा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि चार विकेटको रोमाञ्चक विजय हासिल गरेको छ । जितपछि भावुक बनेका कोहलीले आफूसँग व्यक्त गर्नका लागि शब्द नभएको बताए ।
कोहलीले ५३ बलमा ६ चौका र ४ छक्कासहित अविजित ८२ रन बनाएका थिए । उनले हार्दिक पाण्ड्यासँग पाँचौँ विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । पाण्ड्याले ३७ बलमा ४० रन बनाए । रोमाञ्चक बनेको अन्तिम ओभरको अन्तिम बलमा भारतलाई एक रन आवश्यक थियो । रविचन्द्रन आश्विनले मोहम्मद नावाजको बललाई मिडअफमा पठाएर एक रन लिएर भारतलाई जिताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)