मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानसरोवर कैलाश दर्शनमा आउने पर्यटकहरु बढ्दै

gorkhapatraonline.com · Sun Jun 14 07:24:06 GMT 2026

पर्यटकीय सिजन सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट बिमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकको संख्या ३७ सयभन्दा बढी पुगेको छ । यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने काम सुरु भएपछि भारतीय धार्मिक पर्यटकहरु हवाइ मार्गबाट आउन थालेपछि संङ्ख्या बढ्दै गएको हो ।

हालसम्म तीन हजार ७८० जना भारतीय पर्यटकहरु नेपालगञ्जबाट सिमकोटदेखि हिल्सा भएर चीनको ताक्लाकोटतर्फ मानसरोवर कैलाशको दर्शन गर्न जानेगरेको प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले बताउनुभयो । यस वर्ष बैशाख ३० गतेबाट भारतीय पर्यटकहरु जिल्लामा आउन सुरु भएको हो । यो पर्यटक आगमन संङ्ख्या २३३ दिनको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)