बलात्कारपछि हत्या गरिएकी भट्टको परिवारलाई आर्थिक सहयोग प्रदान
lokpath.com · Sat Aug 28 17:05:00 GMT 2021
कैलाली । गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको परिवारलाई आज आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपलिज एशोसिएशन अफ भिक्टोरिया (न्याभ) र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न (अष्ट्रेलिया)द्वारा उपलब्ध गराइएको दुई लाख ७० हजार ८४० रुपैयाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदान गरे । विकासमा सिर्जनशीलता नेपालको नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।