माओवादीमा उठ्यो पुस्तान्तरणको माग
ekantipur.com · Thu Aug 03 00:26:01 GMT 2023
काठमाडौँ — सत्ताको नेतृत्व गरिरहेको दल माओवादीको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना भएको छ । प्रधानमन्त्री निवास ‘सामन्तवादको केन्द्र’ भएको भन्दै केन्द्रीय सदस्यहरूले दाहाल र सत्तामा गएका नेताहरू परिवारवादमा फसेको आरोप लगाएका छन् । उनीहरूले पार्टी प्रणाली ध्वस्त भएको र नेतृत्वको निजी स्वार्थले संगठन लथालिंग भएको बताए ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार सुरु बैठकमा बोल्ने १८ केन्द्रीय सदस्यमध्ये आधाले दाहालसहित नेतृत्वमा रहेका नेताहरूको खुलेर आलोचना गरे । उनीहरूले पार्टी सुधार हुन अध्यक्ष दाहालबाटै सुरुवात हुनुपर्ने मागसमेत राखे । दाहालको राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि टिप्पणी गर्ने क्रममा सदस्यहरूले मूल नेतृत्वको खुलेर आलोचना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)