मोटरसाइकललाई भेलले बगाउँदा १ जनाको मृत्यु, १ बेपत्ता
lokpath.com · Thu Oct 06 15:57:50 GMT 2022
काठमाडौं । नुवाकोट ककनी गाउपालीका – १ मा सडकमा एक्कासी आएको भेलले मोटरसाइकल बगाउदा १ जनाको मृत्यु भएको छ भने १ जना बेपता रहेका छन । मामाघरबाट टिका लगाई घर आउने क्रममा सडकमा आएको भेलले मोटरसाइकल बगाएको थियो ।
ककनी गाउँपालिका २ का शिवराम घिमिरेको छोरा ४ वर्षीय श्रेयान र ८ वर्षीया छोरी बेविसालाई सडकको भेलले बगाएको हो । नेपाल प्रहरी र स्थानियको सहयोगमा छोरी २५ मिटर तल गम्भीर अवस्थामा फेलापरेपनि अस्पताल लाने क्रममा उनको मृत्यु भएको हो । छोरा अझै भेटिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)