होङ्सीमा भदौअघि नै बिजुली
ekantipur.com · Sun Jul 18 01:20:42 GMT 2021
पूर्वी नवलपरासी — वैदेशिक लगानीको होङ्सी सिमेन्ट उद्योगमा नेपाल विद्युत् प्राधिकरणले आगामी भदौअघि नै विद्युत् आपूर्ति गरिदिने भएको छ । बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनअन्तर्गतको बिजुली उद्योगमा पुर्याउने गरी भइरहेको काम अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाइ छ ।
डबल सर्किटसहितको काम अघि बढेको बर्दघाट–सर्दी प्रसारण लाइन प्रमुख इन्जिनियर हरि पाण्डेले जानकारी दिए । उद्योग मन्त्रालयको ५७ करोड रुपैयाँ बजेटबाट काम भइरहेको हो । बर्दघाट सबस्टेसनबाट उद्योग रहेको सर्दीसम्म बिजुली लैजान बनाउनुपर्ने ६७ टावरमध्ये ४५ वटा बनेर तारसमेत टाँगिसकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)