अमेरिकामा एक भवनमा आगलागी ः ८ बालबालिकासहित १२ जनाको ज्यान गयो
Ujyaaloonline.com · Fri Jan 07 01:08:24 GMT 2022
काठमाण्डाै – अमेरिकाको फिलाडेल्फियामा शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
भवनमा २६ जना बस्दै आएका थिए । आगलागीका बेला भवनमा रहेका अरु आठ जनाले भागेर ज्यान जोगाएका छन् । आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो निभाउन ढिलाई भएको उद्धारकर्मीले जनाएका समाचार संस्था एपीले जनाएको छ । बिद्युत शर्ट भई आगलागी भएकोे हुनसक्ने प्रारम्भिक अनुमान गरीएको छ । आगलागीका कारण भवनको धेरैजसो भागमा क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)