पशुपतिनाथमा लाखौंको घुइँचो
annapurnapost.com · Sat Mar 09 00:30:27 GMT 2024
काठमाडौं : कोही पूजाआजामा व्यस्त छन् त कोही नाचगानमा। कोही ‘शिव’को प्रसाद भन्दै ‘चिलिम’ तान्न मस्त छन् भने कोही साधुसन्त र दर्शनार्थीबीचको रमाइलो। कोही पानी÷चिया बाँडिरहेका छन् त कोही खाना। कोही स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् अनि कोही सुरक्षामा तल्लीन छन् त कोही सेवा ग्रहणमा। वारि पशुपतिनाथ मन्दिर, बीचमा बागमती नदी अनि पारि श्लेषमान्तक वनक्षेत्र। शुक्रबार सखारैदेखि साँझसम्म यी क्षेत्रमा लाखौंको घुइँचो। यो दृश्य पाशुपत क्षेत्र पुगेर महाशिवरात्रि मनाउने आन्तरिक र बाह्य धार्मिक पर्यटकको घुइँचो हो।
‘पहिला ९ घण्टासम्म लाइन लागेर भगवान् भोलेको दर्शन गरेका थियौं आज दुई घण्टामै दर्शन गर्न पाइयो, खुसी लागेको छ’, भक्तपुर सूर्यविनायकबाट पशुपतिनाथ पुगेकी श्रेया थापा भन्छिन्, ‘खै के छ कुन्नि, महाशिवरात्रिमा पशुपतिनाथ आउनेको संख्या बर्सेनि बढेकै देख्छु। शिवको शक्ति भव्य र दिव्य हुनुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)