क्वाटरफाइलन प्रवेश गरिसकेको जर्मनी बराबरीमा रोकियो
barnanmedia.com · Wed Nov 20 22:27:34 GMT 2024
क्वाटरफाइलन प्रवेश गरिसकेको जर्मनी युइएफए नेसन्स लिगमा समूह चरणको अन्तिम खेलमा हंगेरीसँग बराबरीमा रोकिएको छ । मंगलबार राती सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा जर्मनी घरेलु टोली हंगेरीसँग १-१ को बराबरीमा रोकिएको हो ।
पुस्कस एरिना पार्कमा जर्मनीका लागि फेलिक्स नमेचा र हंगेरीका लागि डोमिनिक स्जोबोस्ज्लाइले गोल गर्नुभयो । खेलको ७६औँ मिनेटमा नमेचाको गोलमार्फत् जर्मनीले अग्रता लिएको थियो । जिततर्फ अग्रसर जर्मनी अन्त्यतिर सम्हालिन सकेन । इन्जुरी समयमा स्जोबोस्ज्लाइले पेनाल्टीमार्फत् गोल गर्दै जर्मनीबाट दुई अंक खोस्न सफल हुनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)