अर्थतन्त्र थप बिग्रिन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
ekantipur.com · Tue Apr 16 16:51:54 UTC 2024

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको अवस्था सुधार्न आफूले सकारात्मक हस्तक्षेप नगरेको भए हालको अर्थतन्त्र अझै भद्रगोल र सन्त्रासपूर्ण हुने दाबी गरेका छन् । मंगलबार नेपाल उद्योग परिसंघको २१ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री दाहालले उद्योगी व्यवसायीलाई बेलाबखत हुने मन्त्रीहरूको हेरफेरलाई अस्थिरताका रूपमा नबुझ्न पनि आग्रह गरे ।
‘उद्योगी व्यवसायीलाई असुरक्षित वातावरण बन्न नदिनका लागि मैले धेरै मिहिनेत गरेको छु, जुन तपाईंहरूलाई राम्रोसँग थाहा छैन,’ उनले भने, ‘कतिपय सन्दर्भमा प्रधानमन्त्रीले हस्तक्षेप नगरेको भए अझै ठूलो भद्रगोल र सन्त्रासको वातावरण बन्न सक्थ्यो, यो पक्ष पनि तपार्इंहरूले नोट गर्नुपर्छ ।’ दाहालले आफू प्रधानमन्त्रीका रूपमा आउनुपूर्व अर्थतन्त्र कहाँनिर थियो र अहिले कहाँ छ भन्नेबारे सबै अवगत रहेको दाबी गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सकारात्मक हस्तक्षेप गरेको र हस्तक्षेप बढाउँदै लग्ने पनि बताए । ‘निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहन गर्ने काममा सरकार जिम्मेवार भएर लागिपरेको छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)