मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
shilapatra.com · Sat Feb 18 00:42:00 GMT 2023
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । अहिले प्रदेश १ का पहाडी भू-भागमा बदली रहेको जानकारी दिँदै महाशाखाले बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
आगामी २४ घण्टामा तराईका एक/दुई स्थानमा बिहान हुस्सु/कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ । आज प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)