मोहभंग
baahrakhari.com · Sat May 01 00:20:00 GMT 2021
परशु प्रधान
नयाँ घर बन्यो नयाँ ठाउँमा । धेरै रमाइलो भयो । पर्याप्त हावा, पूरा पानी र सास राम्ररी फेर्न सकिने वातावरण । पुरानो ठाउँमा धेरै चिनिएर, जानिएर पाइने दुःख हलुका भएको अनुभव भयो । कहीँ कतै जागिर खुवाइदे भन्नेहरूले चिया खाएर गइदिने पनि भएनन् । राम्रो भन्सार वा करमा सरूवा मिलाइदे भन्ने जागिरेहरू पनि हराए । न सधैँ जापान पठाइदे भन्ने केटाहरू नै छन् । अपरिचित ठाउँमा अपरिचित अनुहारहरूबीच आफूलाई हराउन रमाइलो लाग्यो । केही नयाँ अनुभूति, केही नयाँ विचार आउलाजस्तो लाग्यो । न गाडीको घाइँघुइँ छ न मान्छेको भिड । जिन्दगी केही शान्तजस्तो लाग्यो । आफूलाई यहाँका थुप्रै पोखरीहरूमा लगेर बाँडेको अनुभूतिले मज्जा आयो । समयको र कामको बन्धनले नबाँधिनुको स्वतन्त्रता यस्तो हुँदोरहेछ । लाग्यो– मैले आफ्नो सारा जीवनमा खोजिरहेको यही स्वच्छ र सफा वातावरण हो । यही सानु घर हो, यही सानु फूलबारी हो । यही सानु चौतारीमा बसेर लेख्नु, पढ्नु हो । यही सहरजस्तो हो । तर, ठूलो र ठेलमठेल गरेर हिँड्ने सहर होइन । यही गाउँजस्तो हो । तर, एकले अर्काको भान्साको कुरा समेत थाहा पाउने गाउँ होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)